अष्टेलियन नागरीकद्धारा बालबालिकालाई ५२ लाख सहयोग

सागर राज तिमिल्सिना
पोखरा, २१ पुस/हिमाल आरोहि अष्टे«लियन नागरीकले नेपालका अनाथ तथा असाहाय बालबालिकाको लागि आर्थिक सहयोग गरेका छन् । अष्टे«लियामा स्नात्तकोतर अध्ययनरत डेविड र डेनीले अष्टे«लियामाच्यारीटि शो तथाहिमालआरोहणको अभियान सञ्चालन गरेर संकलनभएको रकम पोखराको छिनेडाँडामा रहेको बाल गृहलाई प्रदान गरेका हुन् ।

astilanबालबालिकाविकास केन्द्र परियोजनामा रहेका १७ जनाबालबालिकाको आवास सहितको शिक्षाको लागि ४० हजार यूरो अर्थात नेपालीकरिव ५२ लाखरुपैया विभिन्न चरणमा प्रदान गरीएको आईतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिए । अष्टे«लियिन नागरीकद्धयले अनाथ र असाहायबालबाालिकाको शिक्षा र आवासमा सहयोग पुगोस् भनेर च्यारीटि मार्फत सो रकम जुटाएको बताए । उनीहरुले बालबालिकाको लागिअष्टे«लियामापुनच्यारीटि मार्फत रकम संकलन गरी परियोजनालाई प्रदान गरीने बताएका छन् ।

साहसिकपर्यटनको शिलसिलामा नेपाल आउने क्रममा नेपालका बालबालिकाको अवस्था दयनिय देखेर सहयोग गर्न आफुहरु तयार भएको डेविडले बताए । करिव एक बर्ष अघिदेखि अष्टे«लियामा विभिन्न साँस्कृतिक कार्यक्रम गरेर संकलन गरेको सो रकम परियोजनालाई चरणबद्ध रुपमाप्रदान गरेको डेनीले बताए । डेविडयसअघि नेपाल भ्रमणमा आएकाथिएभने डेनीको पहिलो पटक हो ।

डेनीकाबावु साहसिकपर्यटनको शिलसिलामाकेहि बर्ष नेपालबिताएको हँदा उनीबाट प्रभावित भै डेविड र डेनीले सो रकम संकलनगर्नतर्फ जुटेकाहुन् । पत्रकार सम्मेलनमा डेविड र डेनीले बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न पाउँदाखुसीलागेको बताए । डेविड र डेनीले छ हजार एक सय ८९ मिटर उचाईको आईल्याण्ड पिकमा सामान्य पहिरनमा हिमाल आरोहण गरेकाथिए । उनीहरुले कार्यालय पोशाक (कोटपाईन्ट)मा सो हिमालआरोहण गरेकाथिए । हिमालआरोहण गर्दा आवश्यक पर्ने पोशाकबिनानै हिमाल आरोहण गरेका थिए ।

कमेन्टहरु
Loading...