अस्थायी कर्मचारी धर्नामा, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं, ११ कात्तिक / अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नु पर्ने माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।

मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आइतबार स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र बुझाउन नपाए पछि मन्त्रालय अगाडि नै धर्ना दिएका हुन् ।

लामा समय सम्म सरकारी सेवा गरेका आफूहरुको मागलाई सम्बोधन गर्न सरकार तयार नभएपछि मन्त्रालय अगाडि नै धर्ना दिन बाध्य भएको बताएका छन् । उनले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने कर्मचारीहरुले चेतावनी दिए ।

कमेन्टहरु
Loading...