नोट नेपालीको, हात्ती कसको–कसको !

काठमाडौं, २ असोज / नेपालको हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्ती माथि प्रश्न उठेको छ – के यो नेपाल कै हात्तीको हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् ।

विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्ने छन् ।

त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विजय बञ्जराले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...