मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रुपाकोट रिसोर्टमा छुट

पोखरा, २६ भदौ / मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट, पोखरा कास्की बीच एक सम्झौता भएको छ ।

सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्रि प्रबन्धक पियुस लामाले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाभाम्भीत हुने अपेक्षा संस्थाले लिएका छन् ।

मुक्तिनाथ विकास बैंकको रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ७६ सालको उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...