अर्मलामा झन समस्या बढ्यो जमिन भासिदा खानेपानीको पाइपमा क्षति (फोटो फिचर सहित)

पोखरा, २४ वैशाख ः कास्कीको अर्मलामा जमिन भासिंदा पाइपमा क्षति पुगेपछि पोखरामा खानेपानी समस्या बल्झिएको छ । २०३२ सालमा निर्माण सम्पन्न कालिखोला खानेपानी आयोजनामार्फत पोखरामा दैनिक ५० लाख लिटर पानी आपूर्ति हुँदै गएको थियो ।
खानेपानीको पाइप विछ्याइएको ठाउँमा सोमबार राति जमिन भासिदा पाइप भाचिएको थियो । स्थानीय बासिन्दाका अनुसार रातभर १० इन्चको पाइपबाट आएको पानी उक्तस्थानबाट खस्दा थप भासिएको बताए ।

armala khanepaniकरिब १० मिटर पाइपको टुक्रा नै भासिएको जमिन मुनि परेको छ । पाइपमा क्षति पुग्दा अर्मला, अमलाबिसौनी, बाटुलेचौर हुँदै पृथ्वीचोकसम्मलगायत पोखराका विभिन्न स्थानका झण्डै तीन हजार घरधुरी प्रभावित भएको खानेपानी संस्थान पोखरा कार्यालयले जनाएको छ । सधै पानी आउने भएकाले ट्यांकी समेत नभएका घरहरुमा खानेपानीको हाहाकार नै भएको बाटुलेचौरका शिवप्रसाद तिमिल्सेनाले बताए ।

मंगलबार बिहानमात्र मुहानबाट पानी बन्द गरिएको थियो । दैनिक ५० लाख करोड लिटर पानी आउने सं्रोत बन्द भएपछि पोखरा नगरमा खानेपानीको ब्यवस्थापन गर्न संस्थानलाई हम्मेहम्मे परेको छ । पानी अभाव भएको स्थानमा ट्यांकरमार्फत पानी उपलब्ध गराइएको खानेपानी संस्थान पोखरा कार्यालयका प्रमुख बुद्धरत्न महर्जनले बताए । कालीखोलाबाट ल्याइएको पानी अमला विसौनीस्थित रिजर्भवायर ट्याकींमा जम्मा गरेर सहरमा वितरण हुँदै आएको थियो । सोही ट्यांकीमा मर्दीखोलाबाट १६ इन्चको पाइपमा ल्याइएको पानी समेत मिसाएर वितरण हुँदै आएको छ ।

२०६९ वैशाख २३ मा सेती नदीमा आएको बाढीले मर्दीखोलाबाट ल्याइएको २० इन्चको पाइपमा क्षति पु¥याएर आपूर्ति रोकिएकोमा दुई साता अघि मात्र मर्मत गरी आंशिक रुपमा सुचारु गरिएको थियो । संस्थान प्रमुख महर्जनले भने, एउटा आयोजना मर्मत गरेर भ्याइएको छैन, पुन अर्को समस्या पो थपियो । जमिन भासिने क्रम रोकिने सम्भावना नरहेकाले तत्कालका लागि समस्या समाधान गर्न स्थानीय प्रशासनसंग समन्वय गरिएको उनले बताए । कसरी काम गर्दा सजिलो हुन्छ, त्यही अनुसार गर्ने हो, तत्कालका लागि अस्थायी उपाय अपनाउनुपर्छ, महर्जनले भने ।

पोखरामा दिनहुँ करिब चार करोड २५ लाख लिटर पानी आवश्यक पर्छ । अहिले १० कालिखोलाबाट पानी ल्याइएको १० इन्चको पाइपमा क्षति पुगेपछि दैनिक ५० लाख लिटर पानीको आपूर्ति कम भएको छ । मर्दिखोलाबाट १६ इन्च र २० इन्चको पाइपबाट पानी ल्याएकोमा अहिले २० इन्चको पाइपबाट दैनिक एक करोडको हाराहारीमा आत्र पानी आपूर्ति हुँदै आएको छ । १६ इन्चको पाइपबाट दैनिक एक करोड ६० लाख लिटर पानी आएको छ ।

अर्मलाको ठूलिबेशी फाँटमा मंसिर चार गतेबाट जमिन भासिन थालेकोको हालसम्म एक सय ५० भन्दा बढी बढी भुवान परेका छन् । जसका कारण अहिले ठूलिवेशी फाँटका ५० घर परिवारको उठिवास भएको छ । जन्दगीभरको कमाइले बनाएका घर छाडेर उनीहरु रातपरपेपछि अर्काको घरमा बास बस्न जानुपरेको छ । चारवटा घरमा क्षति पुगेपछि १३ घर परिवार त घर नै छाडेर विस्थापित भएका छन् । अमर्लाको बारेमा अध्ययन गरेर अपनाउनुपर्ने उपाय सुझाउन सरकारले गठन गरेको समितिले स्थलगत सकेर अहिले प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ ।armala khanepani 2 armala khanepani 1

कमेन्टहरु
Loading...