पोखरामा एप्रोलिया स्ट्रोम स्कुटर बिक्री शुरु

पोखरा, २३ जेठ / युवा पुस्ता लक्षित भेस्पा र एप्रोलिया ब्राण्डको नयाँ स्कुटर पोखराको बजारमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच पोखराको आधिकारिक विक्रेता सीताज लाइफ स्टाइलले एप्रोेलिया स्ट्रोमको विक्री शुभारम्भ गरेको हो ।

पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोशिएसनका अध्यक्ष चन्द्र कुँवर र सीताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कुटर संयुक्त रुपमा अनावरण गरि बुकिङ्ग खुल्ला भएको घोषणा गरेका थिए ।

कार्यक्रममा पश्चिमाञ्चल अटोमोवाइल डिर्लस एसोशिएसनका अध्यक्ष चन्द्र कुँवरले सेल भन्दा बढि सर्भिसमा फोकस गर्न आग्रह गरे । उनले व्यवसायसंगै सामाजिक उत्तरदायित्वका काममा पनि व्यवसायीले महत्व दिनुपर्ने बताए ।

संस्थाका प्रबन्ध निर्देशक अनुज वास्तोलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा स्कुटरको विशेषताबारे संस्थाका प्रवन्धक आशिष श्रेष्ठले प्रकाश पारेका थिए । भेस्पाको ५ विभिन्न मोडलहरु रहेका छन्, भने एप्रोलियाको ३ विभिन्न मोडलहरु रहेका छन् । एप्रोलिया स्ट्रोम १२५ सिसी स्कुटर दुइ रङ्गमा उपलब्ध छ ।

सिङ्गल सिलिण्डर, ३ भल्भ भएको स्कुटरमा कम्वी बे्रक सिस्टममा बनाइएको छ । नेपालको बाटो सुहाउदो १२ इन्चको टायर जडान गरिएको छ । ६.५ लिटरको इन्धन ट्याङ्की रहेको स्कुटरको माइलेज भ्यालीमा प्रतिलिटर ३५ किलोमिटर रहेको छ भने राजमार्गमा ४० किलोमिटर रहको छ । यसको मुल्य २ लाख २४ हजार ९ सय तोकिएको श्रेष्ठले जनाए ।

यो युवा पुस्तालाई लक्षित गरिएको छ । सीताज लाइफ स्टायलले २०७२ सालमा भेस्पा स्कुटरको विक्री पोखराको वजारमा शुरु गरेको हो । यो विचमा स्कुटर २ हजार भन्दा धेरै विक्री गरिसकेको छ ।

स्कुटरको मुख्य बजार पोखरा लगायत स्याङ्गजा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ्ग लगायतको जिल्ला रहेका छन् । पोखराका अलावा यसको विक्री वितरण सीताज लाइफ स्टाइलको शाखा दमौलीबाट पनि भइरहेको संस्थाका प्रवन्ध निर्देशक अनुज बास्तोलाले बताए ।

कमेन्टहरु
Loading...