किन रोकियो सशस्त्रको तलब ?

काठमाडौं, ४ भदौ, दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट व्यावसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेग्मीले ुअस्वाभाविकु अडान राख्दा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ। ३६ हजार फौज रहेको संगठनका जवान तथा जुनियर अधिकृतहरू यतिबेला तराईका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्। यो खबर सुवास गोतामेले आजको अन्नपूर्णमा लेखेका छन्।

सशस्त्रको साधारण समूह ९इन्फेन्ट्री० का डीएसपीद्वय दीपेन्द्र कुँवर र पूर्णबहादुर साउदलाई सचिव रेग्मीले सार्वजनिक वित्तीय व्यवस्थापन तालिममा पठाउने क्रममा ४० जनाको नयाँ समूहकृत दरबन्दी रोकेका हुन्। उक्त दरबन्दी रोकिएकै कारण प्रहरी किताबखानाले सशस्त्रको साउन महिनाको तलबी प्रतिवेदन भदौ ३ सम्म पास गर्न सकेको छैन। सशस्त्रमा सामान्यतया महिनाको अन्तिम साता नियमित मासिक तलब गइसक्छ।

नयाँ समूहकृत दरबन्दीको फाइल रोकिएको विषयमा गृहमन्त्री जनार्दन शर्माले सचिव रेग्मीलाई साउन अन्तिम साता नै सोधपुछ गरी अविलम्ब काम टुंग्याउन निर्देशन दिएका थिए। त्यति हुँदा पनि रेग्मीले फाइल अगाडि बढाएनन्, बरु त्यसमा दुई महिना पुरानो मीति ९ब्याक(डेट० राखेर थन्क्याइदिए। रेग्मीले जेठ २१ गते नै उठाइएको टिप्पणी आदेशमा साउन २१ गते पुरानै मिति राख्दै ुनिर्णयको तह सम्बन्धमा छलफल गर्नेु लेखेर हस्ताक्षर गरेका छन्।

कमेन्टहरु
Loading...