सशस्त्रको ब्यारेकमा दुई इन्स्पेक्टरले डिएसपी कुटे

रुपन्देही, ११ वैशाख/ रूपन्देहीमा रहेको सशस्त्र प्रहरी ब्यारेकभित्र दुई इन्स्पेक्टरले डिएसपी माथि कुटपिट गरेका छन् ।

बुधबार राति रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीलाई दुई इन्स्पेक्टरले कुटपिट गरेका थिए । कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई र दयाराम पौडेललाई नियन्त्रणमा लिइएको छ ।

घटनाका बारेमा छानविन भइरहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठले बताए । छानविन गर्न सशस्त्रले छानविन समिति बनाएको उनले बताए ।

इन्स्पेक्टरले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको हुन सक्ने अनुमान छ । डिएसपी शाहीलाई कुनै चोट भने नलागेको श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...