आप्रवासी कामदारको संरक्षण सम्बन्धी महासन्धी अनुमोदन गर्न माग

पोखरा ३ पुष /इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले सबै आप्रवासी कामदार र तिनीहरुको परिवारका सदस्यहरुको अधिकारको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९९० तत्काल अनुमोदन गर्न माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत् मन्त्रिपरिषदका अध्यक्षलाई हस्ताक्षर बुझाइएको छ ।अन्तर्राष्ट्रिय आप्रवासी कामदार सम्बन्धी दिवसको अवसरमा महासन्धि अनुमोदनका लागि माग गर्दै विभिन्न क्षेत्र र व्यक्तिबाट संकलित करीव ५ सय हस्ताक्षर इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल र वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालालाई बुझाएका हुन् ।

हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले सकलित हस्ताक्षर मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्टहरु
Loading...