ट्रकको ठक्करबाट पत्रकारको मृत्यु

भरतपुर, १३ पुस
पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो एक बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पौडेलले एपी वान टेलिभिजनका क्यामरा पर्सन रुपमा काम गर्दै आएका थिए ।

उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...