प्रकाशक र सम्पादक नै पत्रिका वितरणमा

पोखरा, १ भदौ ः शनिबार बिहान पोखराको लेकसाइडमा अचम्मको दृश्य देखियो । नेपाल न्युज नेटवर्क इन्टरनेशनल(थ्रीएनआई)द्वारा प्रकाशित अन्नपूर्ण पोस्ट दैनिक पत्रिका हातहातमा लिएर एक समूह पसलपसलमा पत्रिका छाडेका थिए । कोही गाडी र मोटरसाइकल रोकेर चालकका हातमा पत्रिका थमाउँदै थिए । DSC_6006समूहमा सहभागी थिए थ्रीएनआईका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रवन्ध निर्देशक राजेन्द्रबहादुर सिंह, सम्पादक गुणराज लुईंटेल, महाप्रवन्धक सनत न्यौपाने, सकुर्लेशन प्रवन्धक विकास थापालगायत । सम्पादक प्रकाशकसमूह आफैले पाठकको घरदैलोमा पुगेर पत्रिका वितरण गर्दा पाठकहरु पनि दंग परेका थिए । उनीहरुले सो अवसरमा पाठकका जिज्ञासा र गुनासा समेत सुनेका थिए ।
मुलुकका विभिन्न भागमा रहेका अन्नपूर्ण पोस्टका प्रमुख बिक्रेतासंगको दुई दिने गोष्ठीका क्रममा पोखरामा भेला भएको ब्यवस्थापनको टोली र प्रमुख बिक्रेताहरुले लेकसाइडको बाराही चोकदेखि खहरेसम्म पदयात्रा गर्दै अन्नपूर्ण पोस्ट निशुल्क रुपमा वितरण गरेका थिए । उनीहरुले सो अवसरमा पाठकका जिज्ञासा र गुनासा समेत सुनेका थिए ।
पर्यटन ब्यवसायी तथा नेपाल पर्यटन बोर्डका सदस्य वासुदेव त्रिपाठी प्रजातन्त्रमा मिडियाको भूमिका कस्तो हुँदो रहेछ भन्ने महशुस गरेको बताए । उनले भने, पसलमा बसिरहेको बेला सम्पादक आएर आफ्नो परिचय दिनुभयो, मलाई अचम्म लाग्यो, त्यो ओहोदामा पुगेका ब्यक्तिले पनि जनचासो बुझ्नका लागि पाठककै घरदैलोमा आउनुभयो । यसबाट मिडियाले पाठकलाई कति महत्व दिएका छन् भन्ने स्पष्ट भएको उनको प्रतिक्रिया थियो ।
 
 

कमेन्टहरु
Loading...