अनिल गुरुङको जर्सी अष्ट्रेलीयामा ३६ हजारमा विक्रि

पोखरा, २४ माघ/राष्ट्रिय खेलाडी एवं मनाङ मस्र्याङदी क्लवमा आवद्ध भएका पोखरेली खेलाडी अनिल गुरुङको हस्तारक्षर युक्त जर्सी अष्ट्रेलीयामा ४ सय ७० अष्ट्रेलीयन डलर अर्थात नेपाली ३६ हजार १ सय ९० रुपैयामा विक्रि भएको छ ।

अनिल गुरुङको जर्सी अष्ट्रेलीयामा ३६ हजारमा विक्रि
अनिल गुरुङको जर्सी अष्ट्रेलीयामा ३६ हजारमा विक्रि

त्यसै गरी सहारा क्लवको जर्सी भने २ सय ५० अष्ट्रेलियन डलर अर्थात १९ हजार २ सय ५० रुपैयामा विक्रि भएको सहारा क्लवले जनाएको छ । क्लवले अनिल र सहाराको एक एक थान मात्र जर्सी अष्ट्रेलीया पठाएकोले अन्य थप जर्सीको समेत माग भएको सहारा अष्ट्रेलीयनका अध्यक्ष राजमान थकालीले बताए ।

जर्सीबाट प्राप्त रकम सहारा क्लवद्धारा संचालीत सहारा एकेडेमीको लागि सहयोग हुने भएको बताईन्छ । अनिल गुरुङ सहारा क्लब द्धारा संचालीत एकेडेमी का पहिलो ब्याज को खेलाडी हुन् ।

कमेन्टहरु
Loading...