यातायात क्षेत्रको विमालाई १५ लाख पुर्याउनेः विमा समितिका अध्यक्ष चापागाईं

पोखरामा अजोड इन्स्योरेन्स

पोखरा, १७ जेठ /विमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले यातायात क्षेत्रको विमालाई पाँच लाखबाट बढाएर १५ लाख पुर्याउने तयारी गरेको बताए ।  अजोड इन्स्योरेन्स लिमिटेडको क्षेत्रिय कार्यालय पोखराको उद्घाटन गर्दै उनले सडक दुर्घटनामा मृत्यु हुँदा सडक अवरुद्ध गर्ने प्रवृतिलाई अन्त्य गर्न रकम बढाउन लागेको बताए ।

उनले सडक दुर्घटनामा ज्यान गुमाउनेलाई मात्र हैन कि घाइतेलाई पनि उपचारका लागि निश्चित रकम तोक्न लागेको बताए । विमा कम्पनीहरुले भुत्तानी प्रक्रियालाई सहज गराएर विश्वास जित्ने गरि काम गर्न आवश्यक रहेको बताए ।

समितिका अध्यक्ष चापागाईंले नेपालमा १८ प्रतिशत मानिसहरु विमामा आवद्ध रहेको बताए । उनले भने असार मसान्त सम्ममा २० प्रतिशत विमामा आवद्ध हुने अनुमान गरे । उनले विपद व्यवस्थापनको जोखिम न्यूनीकरण विमाबाट मात्रै हुने हुँदा सबैलाई विमामा आवद्ध हुन आग्रह गरे । विमाले मानवीय तथा भैतिक सुरक्षा समेत गर्ने हुँदा पछिल्लो समय यसको महत्व बढेको बताए ।

उनले नेपालमा कुल ग्राहस्त उत्पादन कृषिमा २७ प्रतिशत रहेकाले पनि सरकारले कृषि विमामा अनुदान दिएको बताए । नेपालमा ४० वटा विमा कम्पनी रहेको र १९ वटाले जीवन विमा २० वटा निर्जीवन विमा र एउटा पुर्नविमा रहेको समेत बताए ।

कम्पनीले देशभर ६ वटा क्षेत्रिय कार्यालय र २३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको अजोड इस्योरेन्सका क्षेत्रिय प्रवन्धक गोपाल प्रसाद पौडेलले जानकारी दिए । चार वटा शाखाबाट पशु तथा कृषि विमाको काम भइरहेको उनको भनाई छ ।

कम्पनीले ३८ हजार बढी विमा लेख जारी गरि ३३ करोड आर्जन गरेको बताए । कम्पनीको चुक्ता पुँजी ७० करोड र जगेडा विमाकोषमा ४ करोड ६० लाख रहेको जानकारी दिए । निकट भविष्यमा नै सर्वसाधरणका लागि ३० प्रतिशत सेयर खुल्ला गर्र्ने छ । पोखराको न्यूरोडमा आजदेखी कम्पनीको क्षेत्रिय कार्यालयको विधिवत उद्घाटन भएको हो ।

कार्यक्रममा कम्पनीका सञ्चालक आजाद श्रेष्ठले विमा भनेकै विश्वास भएको हुँदा विमकहरुलाई सहज हुने गरि सेवा दिने उल्लेख गरे । उनले बैंकहरु जसरी मर्ज भएका छन् इन्स्योरेन्स कम्पनीहरु मर्ज हुन सके विमकहरुमा विश्वास बढ्ने छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य अध्यक्ष दामु अधिकारी, नेपाल सर्भेयर एसोसियसनका अध्यक्ष सुरेन्द्र बहादुर गोदार, गण्डकी बिकास बैंकका सिइयो रेशम बहादुर थापा, अटोमोवाइल एसोसियसनका कास्कीका अध्यक्ष चन्द्रबहादुर कुँवर, निप्स कास्कीका अध्यक्ष केशवराज ढकाल लगायतले शुभकामाना दिए ।

कमेन्टहरु
Loading...