विमानस्थल अगाडी रिले अनसन जारी

पोखरा, २१ असोज / पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाब दिन पोखरा विमानस्थल अगाडी रिले अनसन आइतबार पनि जारी छ । अनसनमा अहिलेसम्म १ हजार ३ सय जना अनसनमा बसिसक्नु भएको छ ।

आईतबार राती आठ बजेदेखि सोमबार विहान ८ बजेसम्म निर्माण व्यवसायी समितिका प्रतिनिधि अनसनमा बस्नुभएको छ । अनसनमा भीमबहादुर साई, अर्जुन थापा, बीरबहादुर थापा, शिव खड्का, अच्यूत शर्मा, प्रेम थापा, धनजित गुरुङ, शंकर राई, मनराज विक, गोविन्द दाहाल, विक्रम केसी, थलकुमार श्रेष्ठ, भीमबहादुर साही, राजेन्द्रप्रसाद घिमिरे बस्नु भएको पर्यटन संघ संस्था समन्वय समितिका संयोजक सोम थापाले जानकारी दिनुभयो ।

आईतबार विहान ८ बजदेखि राती आठ बजेसम्म सुनौलो बचत तथा ऋण सहकारी संस्थाका संचालक, शेयर सदस्य, व्यवस्थापक, कर्मचारी अनसनमा बस्नु भएको थियो । अनसनमा मित्रलाल पहारी, मधुमाया सापकोटा, सिता श्रेष्ठ, सुवास अधिकारी, पदमबहादर थापा, लक्ष्मी थापा,सरिता सापकोटा ढुङ्गाना, आयुषा भण्डारी, नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता विष्णु प्रसाद आचार्य अनसनमा बस्नु भएको थियो ।

शनिबार राति ८ बजेदेखि आइृतबार विहान ८ बजेसम्मका लागि परिपक्का कृषि समूह आर्वा ६ उपल्लो गाउँ, महाप्रभू पर्यटकीय क्षेत्र विकास पदाधिकारीहरु बस्नु भएको थियो । बुद्धिप्रकाश बराल, श्रीकान्त बराल, बालकृष्ण बराल, गोपीराज बराल, फणिन्द्रमोहन देवकोटा, पूर्णकला बराल, भगवती भूजेल, सुशिला गुरुङ, विष्णुमाया बराल, विष्णु बराल, पदमराज बराल, केशव देवकोटा, रमानाथ देवकोटा, विजयकुमार बराल, घनश्याम बराल, पूर्णबहादुर भूजेल, युवराज देवकोटा बस्नुभएका थियो ।

विमानस्थल निर्माणको लागि दबाव दिन पोखरेलीहरुले सिहंदबार, घेराउ, विमानस्थल ठप्प, जन प्रर्दंशन लगायतका कार्यक्रम गरिसकेका छन् ।

कमेन्टहरु
Loading...