आगलागीमा परेर दुई बालक सहित चार जनाको मृत्यु

झापा, १० मंसिर / झापामा एक घरमा आगोलागी हुदाँ एकै परिवारका चार जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका– ७ लाल्झोड़ामा आगलागीमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको हो ।

आइतबार राती ९ बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । भानु माध्यमिक बिद्यालय नजिकै खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जनाएको छ ।

मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मन खनाल, ३० वर्षीय राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...