सबै विषयमा साँझसम्म सहमतिः एमाओवादी प्रवक्ता

२० फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनबारे रहेका विवाद आज साँझसम्म सुल्झिने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा आइतबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “करिब सबै विषयमा सहमति भइसकेको छ, हाम्रो पार्टी अध्यक्षले आज ५ बजे चार दलको बैठक बोलाउनुभएको छ, साँझसम्ममा सहमति भई मुलुक निर्वाचनको दिशामा अघि बढ्छ ।”

प्रवक्ता सापकोटाका अनुसार चुनावी सरकार गठनसम्बन्धी सबै सहमतिमा दलहरु सकारात्मक रहे पनि सत्यनिरुपण मेलमिलाप र बेपत्ता आयोग गठन तथा मतदाताको विषयमा मतभेद छ र ती सबै आजै टुङ्गो लाग्नेछ । “दवै आयोग तत्कालै गठन गर्नुपर्छ भनेर हामीले भनेका छौँ तर काँग्रेस र एमालेले पछि बनाउनुपर्छ भनेका छन्”, उहाँले भन्नुभयो -”अर्कोतर्फ अदालतमा विचाराधीन मुद्दाको फैसलापछि जानुपर्छ भन्ने अन्य दलको भनाइ छ । तर हामीले तत्कालै जानुपर्छ भनिराखेका छौँ, तैपनि विपक्षी दलहरु सकारात्मक रहेकाले निर्वाचनको वातावरण बन्दै गएको छ ।”

प्रवक्ता सापकोटाले फागुन २५ सम्म सहमति भए पनि जेठ मसान्तभित्रै निर्वाचन गर्न सकिने निर्वाचन आयोगले जनाउ दिएकाले पनि जेठमा निर्वाचन सम्भव रहेको बताउनु भयो स।

एक फरक प्रसङ्गमा प्रवक्ता सापकोटाले फुटेर गएको नेकपा-माओवादीसँग तत्कालै नभए पनि कार्यगत एकता गर्न सकिने बताउनुभयो । रासस

कमेन्टहरु
Loading...