आर्थिक एजेन्डालाई पनि प्रथामिकता चाहियो उपाध्यक्ष कर्णिकार

पोखरा, ११ फागुन/नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले राजनीतिलाई अग्रह भागमा राख्दै  आर्थिक एजेन्डालाई पनि सगँ सगै लैजानु पर्ने बताएका छन् । पोखरामा भारतको विश्वप्रख्यात ‘आगँन’ ब्रान्ड मिठाईको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले राजनैतिक दलहरुले राजनैतिक एजेन्डालाई मात्रै प्रथामिकता दिएको आरोप लगाए । उनले पछिल्लो समयमा दलहरु विच भएको ९ बुदेमा पनि आर्थिक एजेन्डा नपारेकोमा दुखेसो गरे । उनले देशमा राजनैतिक कारणले लगानी नभित्री बतादै आगँन पोखरामा आएकोमा प्रशंसा गरे । उनले पोखरामा आगँन ब्रान्ड आए सगै अन्य ब्रान्डेड  सामान पनि आउने बताए । आगँन जस्तो ब्रान्ड पोखरामा स्थापना हुनुले पोखराको अर्थतन्त्र उकास्ने उनको भनाई थियो । उनले निर्वाचनले मात्र समस्याको समाधान ननिस्कने बताउदै हरेक पल्ट सरकारले आर्थिक क्षेत्रलाई पछि पार्ने गरेको आरोप समेत लगाए ।

भारतसहित युएई, न्युजिल्याण्ड, सिंगापुर गर्दे नेपालमा भित्रिएको ‘आगँन’ को मिठाई अव पोखरामा पनि पाइने भएको हो । पोखरामा युवा उद्यमी देव क्षेत्रीले भारतको प्रख्यात ‘आगँन’ ब्रान्ड पोखरामा भित्रयाएका हुन् । करिब २ करोडभन्दा बढी रुपैयाँको लगानीमा स्थापना भएको ‘आगँन’ शाकाहारी  रेष्टुरेन्ट हो । यस्तै  ‘आगँन’ का सञ्चालक युवा उद्यमी देव क्षेत्रीले नयाँ काम र सकेसम्म ब्रान्डेड व्यवसाय गर्नका लागी पोखरामा ‘आगँन’ भित्रयाइएको बताए । उनले परिक्षणको रुपमा गत महिनादेखि सुरु गरिएको बताउदै अहिले रेष्टुरेन्टमा भिड बढिसकेको बताए ।

भारतको ७० भन्दा बढी ठाउँमा विकानो, विकानेर कम्पनीको उत्पादन नेपालमा  ‘आगँन’ को नाममा चलेको छ । काठमाण्डौ बाहिर विराटनगरपछि दोस्रो र पोखराका लागि पहिलो विक्रि कक्ष खुलेको हो । ३५ थरी भन्दा बढी मिठाईका परिकार रहेको बाराही फुड्सको उत्पादनका रुपमा उक्त रेष्टुरेन्टमा साउथ इन्डियन र नर्थ इन्डियन खाना, चाट र चाइनिज खानाको परिकारका लागि छुट्टाछुट्टै ५ विभाग रहेका छन् ।

भारतको दिल्लीमा रहेको आगँनको स्वाद दुरुस्तै पोखरामा दिन भारतबाट कुकहरु पोखरा ल्याइएको छ । अहिले ४० जना परिकार बनाउने कामदारमध्ये २६ जना भारतीय रहेका छन् ।  मुख्य सञ्चालक रहेका उद्यमी क्षेत्रीसंगै अन्य सञ्चालकहरुमा कुलशोभा गुरुङ्ग, अञ्जु गुरुङ्ग र डेरशोभा गुरुङ्ग रहेका छन् । करिब २ करोडको लागतमा पोखरामा सन्चालनमा लाएको क्षेत्रिले बताए ।

कमेन्टहरु
Loading...