मध्यान्तरसम्म नेपाल ३-० ले अगाडि

नेपाल र नर्दन मारियाना आइल्यान्डबीचको खेलमा नेपल ३-० गोलले अग्रता पाएको छ। मध्यान्तरसम्मको खेलमा नेपालले नर्दन मारियानालाई कडा चुनौती दिएको छ। नेपालका तर्फबाट भरत खवासले पाँचौं मिनेटमा गोल गरी अग्रता दिलाए। त्यसको २४औं मिनेटपछि जगजीत श्रेष्ठको पासमा सन्तोष साहुखलले दोस्रो गोल गरे। खेल सुरु भएसँगै दबाबमा रहेका नर्दन मारियानाविरुद्ध ४०औं मिनेटमा भरत खवासले तेस्रो गोल गर्दै टिमलाई ३-० गोलको अग्रता दिलाएका हुन्।

एएफसी च्यालेन्ज कप छनौट चरणमा नेपालका तर्फबाट भरत खवासले नर्दन मारियाना आइल्यान्डविरुद्ध दोस्रो गोल गरेका छन्। ४०औं मिनेटमा भरत खवासले शानदार गोल गरेका हुन्। यसअघि नै उनले पाँच मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। भरत खवासको यो छैठौं अन्तर्राष्ट्रिय गोल हो।

एएफसी च्यालेन्ज कप छनौट चरणमा नेपालले नर्दन मारियाना आइल्यान्डविरुद्ध दोस्रो गोल गर्न सफल भएको छ। जगजीत श्रेष्ठको पासलाई सन्तोष साहुखलले २९औं मिनेटमा गोलमा परिणत गरेका थिए। साहुखलको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो। यसअघि भरत खवासले पाँच मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए।

एएफसी च्यालेन्ज कप छनौट चरणमा नेपालले पाँचौं मिनेटमा नर्दन मारियाना आइल्यान्डविरुद्ध गोल गरेको छ। नेपालका तर्फबाट भरत खवासले गोल गरेका हुन्। पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका भरतको यो पाचौं अन्तर्राष्ट्रिय गोल हो। यसअघि भारतमा भएको साफ च्याम्पियसिपमा भरतले पाकिस्तानविरुद्ध गोल गरेका थिए। भरतले रेडबुल लिगमा पनि १० गोल गरिसकेका छन्। cp. nagariknews.com

कमेन्टहरु
Loading...