गुल्मीमा बस दुर्घटना, १३ को मृत्यु २५ घाइते

गुल्मीको तम्घासबाट काठमाडौ जादै गरेको यात्री बहाक बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ । तम्घासबाट आउदै गरेको बस गुल्मीको हर्दिनेटामा लु १ ख ५५८३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि १३ मृत्यु भएको र २५ जना घाइते भएको प्रहरीले गन्थनलाई बताएको छ । स्थानीय बासीन्दा, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्यमा खटिरहेका छन् ।

कमेन्टहरु
Loading...