प्रमाण लुकाउनसक्ने आशंकामा गुरुङ र सिंह निलम्बित

काठमाडौं, असार ४ – वन मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का सदस्य-सचिव जुद्धबहादुर गुरुङ र कोषकै प्रशासन प्रमुख दीपककुमार सिंहलाई निलम्बन गरेको छ । सदस्य-सचिव गुरुङ र प्रशासन प्रमुख सिंहले गरेको आर्थिक अनियमितताबारे अनुसन्धान भइरहेको र उनीहरूले प्रमाण लुकाउनसक्ने आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मन्त्रालयलाई पत्र लेखेर तत्काल दुवैलाई निलम्बन गर्न निर्देशन दिएको थियो ।

image‘अख्तियारले भने अनुसार दुबैलाई निलम्बन गरिएको पत्र कोषमा पठाइएको छ’ वन मन्त्रालयका प्रवक्ता केपी आचार्यले मंगलवार कान्तिपुरसित भने । उनीहरुले सोमवार नै पत्र बुझिसकेको कोषका अधिकारीले बताएका छन् । कोषको सदस्य- सचिवको जिम्मा वरिष्ठ गंगाजंग थापाले पाएका छन् । गुरुङ २०६५ कात्तिक ४ मा तत्कालिन वनमन्त्री किरण गुरुङबाट सदस्य-सचिवमा नियुक्त भएका थिए भने, सिंह २५ वर्षदेखि त्यहीं कार्यरत थिए । गुरुङ एमालेको ‘प्राकृतिक स्रोत साधन विभाग’ सदस्यसमेत हुन् भने सिंह विगतदेखि नै राजावादी हुन् ।

तत्कालीनमन्त्री मुहम्मद वकिल मुसलमानलगायतले गुरुङले कोषमा व्यापक अनियमितता गरेको भन्दै कारवाहीका लागि आयोगमा उजुरी गरेका थिए । त्यही उजुरीका आधारमा आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । गुरुङसँग विवाद लम्बिदै गएपिछ तत्कालिनमन्त्री मुसलमानले उनलाई हटाएर कोषमै रहेका सिद्धार्थबज्र बज्राचार्यलाई सदस्य-सचिव बनाए पनि गुरुङ त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनलाई पुनः बहाली गरेपछि आइतबारसम्म सदस्य-सचिव पदमै काम गरिरहेका थिए ।

– See more at: http://www.ekantipur.com/np/2070/3/4/full-story/370329.html#sthash.ilgD6E6N.dpuf

कमेन्टहरु
Loading...