आलु महोत्सवमा ६५ लाखको कारोवार

पोखरा, २७ चैत/नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ जारी छ। महोत्सवको चौथो दिन सम्म महोत्सव भित्र वाहिर गरी ६५ लाखको आलुको कारोवार र ४५ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए।

महोत्सव आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर्ण मनोरञ्जन लिएका थिए। महोत्सवमा मंगलवार जीवन दाहाल, विरु लामा, सम्झना भण्डारी, शिवहरि ढुंगाना, सरला पाण्डे, रामजी पौडेल, प्रदिप त्रिपाठी, केशव घिमिरे, सीता परियार, नवराज अधिकारी, मिठु झा, गरिमा पन्त र हास्य तर्फ सुरज भिरखैरेको प्रस्तृतिले दर्शकलाई थप मनोरञ्जन दिलाएका थिए। त्यस्तै साझ कन्सर्ट तर्फ देउराली व्याण्ड, सन्तोष वस्याल र स्थानिय व्याण्डको प्रस्तुति रहेको थियो।

यसैगरी बुधवार बद्रि पंगेनी, जीवन दाहाल, तारापति सुवेदी, सीत केसी, सविन गुरुङ, राजेन्द्र सापकोटा, शंकर पन्त, ज्ञानेश्वर सुवेदी, नेत्रपाणि बास्तोला, सुभद्रा श्रेष्ठ र हास्य तथा राजा राजेन्द्रको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक मिलन बास्तोलाले जानकारी दिए। महोत्सव चैत ३० गते सम्म चल्ने छ।

महोत्सवमा प्रमुख अतिथि कृषि अनुसन्धान केन्द्र लुम्लेका निर्देशक रामबहादुर केसीले महोत्सवले यहाँको उत्पादनलाई प्रवद्र्धन गर्ने काम गरेकोले महोत्सवको निरन्तरामा जोड दिए। विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव वसन्त कुमार श्रेष्ठले गरेका थिए।

कमेन्टहरु
Loading...