महापण्डित मर्सानीलाई टिभी उपहार

पोखरा, २२ माघ/पश्चिमाञ्चलकै प्रतिष्ठित प्रतियोगिता सहारा क्लवको ११ औं आहा रारा गोल्डकप सँगै पोखरामा फुटवलको फिवर वढाउन रेडियो अन्नपूर्ण ९३.४ ले शुरु गरेको गोल्डकप महापण्डितको बम्पर उपहार कास्की पुम्दीभुम्दी घर भई पोखरा घारीपाटन बस्दै आएका दुर्गा मरासिनीले जित्नु भएको छ । यस वर्षको आहा ! रारा गोल्ड कप कसले जित्ला भन्ने प्रश्नको सहि उत्तर थ्रीस्टारले जित्छ भनेर एसएमएस पठाउने मध्ये आईतबार बिहान गरिएको लक्की ड्र बाट मरासिनी बिजेता बन्नुभएको हो ।

विजेता मरासिनीलाई महापण्डितको उपाधि सहित न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुलको तर्फबाट २१ ईन्चको एल.जि.कलर टिभि आईतबार नै प्रदान गरियो । विजेतालाई रेडियो कार्यक्रम पोखरा कलिङ्ग कार्यक्रममा न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुल पोखराका प्रोपाईटर मनोहर श्रेष्ठ, सहारा क्लव पोखराका अध्यक्ष विक्रम थकाली, रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेले संयूक्त रुपमा टिभी हस्तान्तरण गर्नुभएको थियो ।

टिभी हस्तान्तरण कार्यक्रममा बोल्दै सहारा क्लव पोखराका अध्यक्ष विक्रम थकालीले रेडियोले फुटवलको फिवर बढाउन गरेको कार्यक्रममार्फत फुटवल प्रेमीहरुमा चासो बढेको महसुस आफूले गरेको भन्दै रेडियोको उक्त कार्यप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी आहा ! रारा गोल्ड कप प्रतियोगितामा पनि यस्तै किसिमको कार्यक्रम आयोजना गरेर प्रतियोगिता सफल बनाउन रेडियो अन्नपूर्णले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुलका प्रोपाईटर मनोहर श्रेष्ठले रेडियोको महापण्डित कार्यक्रमले फुटवलको फिवर बढाउनुका साथै आफ्नो टेलिभिजन मार्केटिङ्गमापनि सहयोग पु¥याएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमापनि रेडियोका यस्ता कार्यक्रमहरुमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले विभिन्न समयमा विविध सामाजिक कार्यक्रम गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप महापण्डित कार्यक्रम गरेको बताउनुभयो । उहाँले सहारा क्लवले फुटवलको विकास र सहारा एकेडेमी संचालनार्थ गरेको आहा ! रारा गोल्ड कप सफल बनाउनको लागि महापण्डितको माध्यमबाट फुटवलको क्रेज बढाउन सकेकोमा खुशी व्यक्त गर्नुभयो । पालिखेले महापण्डित कार्यक्रमको लागि रेडियोसँग सहकार्य गर्ने न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुल, सेभेन बि फोनजोन बुद्धबिशालबजार र सहारा क्लवसहित महापण्डितमा सहभागिता जनाउने सम्पूर्ण श्रोताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले आयोजक सहारा क्लव र दर्शकलाई जोड्ने काम आफूहरुले रेडियो अन्नपूर्णको महापण्डित कार्यक्रम मार्फत गरेको र त्यसमा सहकार्य गर्ने न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुल र सेभेन बि फोनजोन बुद्धबिशालबजारसहित महापण्डितमा एसएमएसगरी सहभागिता जनाउने श्रोता शुभेच्छुकमा आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमापनि यस्ता कार्यक्रमहरुमा सहकार्य गर्न रेडियो सँधै सकारात्मक रहेको बताउनुभयो ।

कमेन्टहरु
Loading...