आहा रारा गोल्डकपबाट १६ लाख २६ हजार बचत

सागर राज तिमिल्सिना /पोखरा, २५ वैशाख/ सहारा क्लब पोखराले गत माघ महिनामा आयोजना गरेको आहा–रारा गोल्डकपको आयव्यय सार्वजनिक गरेको छ । प्रतियोगिताबाट १६ लाख २६ हजार चार सय आठ रुपैयाँ बचत भएको छ । आज आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा अर्थ संकलन उपसमितिका सल्लाहकार एवं संयोजक प्रकाश शेरचनले प्रतियोगिताबाट ६२ लाख ६८ हजार सात सय ५६ रुपैयाँ आम्दानी भएकोमा ४६ लाख ४२ हजार तीन सय ४८ रुपैयाँ खर्च भएको जानकारी दिए ।

आहा चाउचाउको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा सहप्रायोजक रेडबुल रहेको थियो । मुख्य प्रायजकबाट ९ लाख र सहप्रायोजकबाट ३ लाख सहयोग गरेका थिए । गेट टिकटबाट मात्रै २६ लाख ६२ हजार रुपैयाँ आम्दानी भएको जनाइएको छ । माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालित प्रतियोगिताको फाइनल खेलबाट १० लाख ८६ हजार दुई सय ५० रुपैया संकलन भएको क्बलले जानकारी दिएको छ ।

खेलकुद विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौ भन्ने मूलनाराका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता संचालन गदैैआएको छ । ११ औ आहा–रारा गोल्डकपको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने
आयोजक सहारा उपविजेता बन्न सफल भएको थियो ।

सहारा क्लब पोखराले पोखराको दोबिल्लामा सहारा एकेडेमीको नयाँ भवन निर्माण गरी कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरुलाई सहारा दिदैछ । हालसम्म १० जना बालकहरु छनौटमा परिसकेको क्लब अध्यक्ष विक्रम थकालीले जनाए । क्लबका वरिष्ठ उपाध्यक्ष वीरभद्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यँक्रमको सञ्चालन महासचिव केशवबहादुर थापाले गरेका थिए । क्लबले आयोजना गरेको फुटबल प्रंतियोगिता सञ्चालन गर्नका लागि सहयोग पु¥याउने विभिन्न संघसंस्था तथा व्यक्ति विशेषलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...