आहा रारा गोल्डकपको पोखरामा प्रचारात्मक मोटरसाईकल ¥याली

पोखरा, ८ माघ/ भोलि देखि पोखरामा सुरु हुने ११ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको पुर्वसन्ध्यामा आज पोखरामा प्रचारात्मक मोटरसाईकल र्याली निकालिएको छ । पोखरा रंगशालाबाट सुरु भएको ¥याली पोखराका बिभिन्न नगरपरिक्रमा गरेको थियो भने र्यालीमा क्लबका पदाधिकारी, खेलकुदकर्मी, सल्लाहकार वेलायत निवासी सहाराका शुभेक्छुकको सहभागीता रहेको थियो ।

पोखरा रंगशालाबाट सुरु भएको ¥याली पृथ्बीचोक, एर्यरपोर्ट, मुस्ताङचोक, पार्दी विरौटा, राष्टबैंकचोक, लेकसाईड, जिरोकिलोमिटर, सृजनाचोक न्युरोड, चिप्लेढुंगा, रामकृष्णटोल, नालाकोमुख, विन्ध्यवासिनि मन्दिर, ट्याक्सीचोक, बगर, नदीपुर, पालिखेचोक, महेन्द्र्रपुल, रानीपौवा, बाँझापाटन, कुँडहर, अम्मरसिंहचोक, रामबजार, बुद्धचोक हुदै पुन रंगशालाा पुगेर समापन भएको प्रतियोगिता संयोजक विरभद्र आचार्यले बताए ।

त्यसै गरि सशस्त्र प्रहरी वल कालिका गण मालेपाटनको एक टोलीले पोखरा रंगशाला सरसफाई गरेको छ । सशस्त्र पहरी निरिक्षक राजकुमार दर्घामगरको नेतृत्मवा ७५ जनाको टोलीले सरसफाई गरेको हो । गणको निति अनुसार टोलीले अस अघि पनि खेल लगायतका बिभिन्न संघ संस्थाको आह्वानमा सयहोग गर्दै आएको कालिका गणका गणपति शम्भु उप्रेतिले बताए । पोखरामा भोलिदेखि सुरु हुने ११ औं आहा रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा सामसुङ जावलाखेल युथ क्लब र धरान फुटबल क्लब विच प्रतिष्प्रर्धा हुने छ ।

कमेन्टहरु
Loading...