एमाओबादीले पोखराबाट पहिलो उत्पादन ब्रिगेटको घोषणा गर्दै

गोकुल बानियाँ /पोखरा ७ भदौ । एकिकृत नेकपा माओबादीले आज पोखराबाट पहिलो उत्पादन ब्रिगेटको घोषणा गर्दैछ । गत माघमा सम्पन्न हेटौडा महाधिबेशनले पार्टीलाई उत्पादनमुलक क्षेत्रमा लैजाने निति पारित गरेको ७ महिनापछि एमाओबादीले पहिलो उत्पादन बिग्रेटको घोषणा गर्न लागेको हो । तमुवान क्षेत्रलाई समेटेर आज अन्नपूर्ण उत्पादन बिग्रेटको घोषणा हुने एमाओबादी कास्की संयोजक झलकपाणी तिवारीले बताएका छन् । यो दस्ताले उत्पादनमुलक क्षेत्रमा काम गर्ने एकिकृत माओबादीले जनाएको छ ।
कार्यक्रममा सहभागिताको लागि एकिकृत माओबादीका अधिकांश केन्द्रिय नेताहरु पोखरा आएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ पोखरा आईसकेका छन् भने डा. बाबुराम भट्टराई, बर्षमान पुन अन्नत, लोकेन्द्र बिष्ट लगायतका केन्द्रिय नेताहरु पोखरा आउदैछन् ।
यसैबिच तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको तेश्रो राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु हुँदैछ । पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान निर्माणको दिशामा अघि बढौं, तमुवान गणराज्य सुनिश्चितताको पक्षमा तेश्रो राष्ट्रिय सम्मेलन सफल पारौं भन्ने नाराका साथ सम्मेलन हुन लागेको तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालका पुर्व केन्द्रिय अध्यक्ष अमर तमूले जानकारी दिए ।
पोखरा सभागृहमा हुने कार्यक्रमको उद्घाटन समारोहमा एकिकृत नेकपा माओवादीका केन्द्रिय नेताहरुले सम्वोधन गर्नेछन् । सम्मेलनको बन्द सत्र भदौं ८ र ९ गते पोखरा सभागृहमै हुने तमु राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन मुल आयोजक समितिले जनाएको छ । ३ दिने सम्मेलन प्रतिनिधि पर्यबेक्षक गरी करिब ५ सय जनाको सहभागिता रहने तमु राष्ट्रिय मुक्ति मोर्चा कास्कीका अध्यक्ष जीत वहादुर गुरुङले बताए ।

कमेन्टहरु
Loading...