सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि दिप युनाईटेडलाई

पोखरा १५, भदौ/पोखराको पुरानो टुडिखेल मैदानमा शनिबार सम्पन्न भएको युनाईटेड अर्चलवोट सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि दिप युनाईटेडले जितेको छ । फाईनल खेलमा दिपले भ्याली स्पोटर्स क्लवलाई टाईब्रेकर ३–२ को अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भए पछि खेल टाईब्रेकरमा धकेलिएको हो ।
उक्त प्रतियोगितामा विजेता टोलीले उपाधि सहित ७७ हजार ७ सय ७७ रुपैया, उपविजेताले ४४ हजार ४ सय ४४ रुपैया साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्यो ।
विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख आमन्त्रित व्यक्ति समाजसेवि तेन्जीङ लामा गुरुङ, कास्की जिल्ला फुटवल संघका उपाध्यक्ष मिलन गुरुङ, कवाडी संघ कास्कीका अध्यक्ष केशव अधिकारी, समाजसेवि दलबहादुर गर्रवुजा, आयोजक युनाईटेड अर्चलवोट क्लवका अध्यक्ष पुर्णप्रसाद पुन लगायतले पुरस्कार वितरण गरेका हुन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी भ्यालीका सौरव मगर घोषित भए । त्यसै गरी प्रतियोगितामा ७ गोल गरेका दिप युनाईटेडका प्रशान्त तामाङ सर्वाधिक गोल कर्ताको उपाधि पाए, भ्यालीका प्रदिम मल्ल वेष्ट मिडफिल्ड, वेष्ट डिफेन्समा दिपका सरोज दाहाल, वेष्ट गोल रक्षकमा विशाल घोषित हुदै ट्रफिको साथमा जनहि ५÷५ हजार पुरस्कार प्राप्त गरे । ५५ टिमको सहभागिता रहेको प्रतियोगितामा चेतनशिल युवा क्लब अनुशासित टोली घोषित भयो ।
शनिबार नै भएको पहिलो सेमिफाईनल खेलमा भ्यालीले हेमजा युवा क्लवलाई टाईब्रेकरमा ३–२ अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भएको थियो । अर्को खेलमा बीवाईसीलाई दिपले २–० ले पराजित गर्यो । दिपको जितमा नरेस केसी र सन्तोल तामाङले एक एक गोल गरेका हुन।

कमेन्टहरु
Loading...