चैत्र अन्तिम साता सेभेन ए साइड नागीधार सबुपोखरी फुटबल कप हुने

पोखरा, ११ चैत्र कास्कीको पूर्वी उत्तरमा अवस्थित मिजुरेडाँडा गा.वि.स वडा न २ नागीधारमा यही चैत्र २४ गतेबाट खुल्ला सेभेन ए साइड नागीधार सबुपोखरी फुटबल कप २०६९ हुने भएको छ । युवा सशक्तिकरण, एकता, मनोरञ्जन र पर्यटन प्रवद्र्धनसंगै खेलकुदको विकास गर्ने उद्धेश्यले स्थानिया सिर्जनशिल यूवा क्लबको आयोजनामा आयोजित खुल्ला फुटबल प्रतियोगितामा करिव ३० समुहको सहभागिता रहने आज पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिता संयोजक ओम प्रकाश गुरुङले जानकारी दिनुभयो ।

कास्कीका पूर्वी र लमजुङका पश्चिम गाउँहरुका साथै पोखराका विभिन्न क्लवहरुलाई खेलमा सहभागीका लागी पत्राचार गरेकोले कम्तीमा ३० समूहको सहभागिता रहने गुरुङले वताउनुभयो । प्रतियोगितामा सहभागिका लागी पोखरा गौडाँको मुखस्थित कुशल खाजा घर र नागीधार चौतारीडाँडामा चैत्र २२ गतेभित्र टिम दर्ता गर्न सकिने क्लवले जनाएको छ । प्रतियोगितामा सहभागीका लागी टिम दर्ता शुल्क रु दुई हजार पाँच सय रहेको र खेल तालिका चैत्र २३ गते गरीने कप संयोजक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार ट्रफि, मेडल, प्रमाणपत्र र द्धितिय हुनेलाई नगद २० हजार ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरीने र प्रत्येक खेलमा म्यान अफ दि म्याचको लागी छुट्टै पुरस्कारको व्यवस्था गरेको गुरुङले जानकारी दिनुभयो । खेलाडी तथा पर्यटकहरुलाई स्थानिया नागीधार सिर्जनशिल युवा क्लब, आमा समूह लगायतले बस्ने व्यबस्था गरीने आयोजकले जनाएको छ । २०६७ सालमा नागीधार महोत्सव, ०६८ सालमा नागीधार भ्यू प्वाइन्ट निर्माण गर्न सफल नागीधार सिर्जनशिल युवा क्लवले यसवर्ष पहिलोपटक खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागेको हो ।

नागीधार गाउँ समाजका कृष्ण प्रसाद गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नागीधार ग्रामिण पर्यटन विकास प्रवद्र्धन समितीका अध्यक्ष डम्मर जंग गुरुङ, नागीधार भूपू वडा अध्यक्ष चेत वहादुर गुरुङ र आदिवासी जनजाति पत्रकार संघ अनिज कास्कीका अध्यक्ष एवम् कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम वहादुर गुरुङ लगायतले वोल्नुभएको थियो । पोखरादेखि ४२ किलोमिटर रहेको नागीधार गाउँमा पोखरास्थित रानीपौवाबाट मिजुरे बस स्टेशनबाट अम्मरसिंहचोक, विजयपुर, कालिका, सौरे, थुम्सीकोट, गहते, मिजुरेडाँडा, पाखुरीकोट हुदै ३ घण्टाको बस यात्रामा नागीधार गाउँ पुग्न सकिन्छ ।

कमेन्टहरु
Loading...