चौथो लामाचौर कप सेभेन ए साईड फुटबल जारी

पोखरा, २ काक्तिक/पोखरा लामाचौरमा जारी ‘लामाचौर कप खुल्ला सेभेन ए साईड नकआउट फूटबल प्रतियोगिता’ अन्र्तगत बुधबार ९ वटा खेलहरु सम्पन्न भएका छन ।

बुधबारको पहिलो खेलमा विष्णुपादुका क्लब रातोले दिव्यदृष्टी क्लबलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजीत गर्दा अर्को खेलमा भिमकाली फुटवल क्लबले एलजी एसोसीयसनलाई पनि टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजीत गर्योे । दुबै खेल निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल निर्णायकको लागि टाईब्रेकरमा धकेलिएका हुन ।

संगम फुटवल क्लबले पोखरा कलेज अफ म्यानेज मेन्टलाई २–० को गोल अन्तरले पाखा लगायो । राजकुमार परियारको निर्णायक एक गोलको मद्धतले म्याजीक मो मेन्टले पियुबीडीएसईलाई पन्छायो । अर्को खेलमा मिलन गुरुङको ह्याट्रिकको मद्धतले सिमपानी फुटवल क्लबले जीटीवाईएसलाई ४–० को अन्तरले पाखा लगायो ।

संगम थापाको निर्णायक एक गोलको मद्धतले अम्मरदिप युथ क्लबले लेकसाईड भेट्रान्सलाई पराजीत गर्दा अर्को खेलमा विजय गुरुङ बीको निर्णायक एक गोलको मद्धतले अम्मरसिंह व्वाईज क्लवले विष्णुपादुका निलोलाई पराजीत गरेको छ ।

नरेस केसीको दुई गोलको मद्धतले दिप युनाईटेडले फुटवल क्लब नदीपुरलाई ३–० को गोल अन्तरले पराजीत गरेको छ । बुधबारको अन्तीम खेलमा विकास कुवंरको दुई गोलको मद्धतले एमसी टकिलाले ईन्द्रेणी क्लबलाई २–१ को गोल अन्तरले पराजीत गरेको हो । बुधबार जित हासिल गरेका टोली प्रि क्वाटर फाईनलमा प्रबेस गरेको क्लबका सचिव प्रकाशमानसिंह भण्डारीले बताए । बिहिबार ७ वटा खेलहरु हुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...