मन्त्रीमण्डल बडाउने तयारीमा प्रधानमन्त्री ओलि (पूरा जानकारी )

180

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र फोरम नेपाल सरकारमा सहभागी हुने भएकोले मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् ।

             यसअघि ओलील जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेका थिए । तर, राजपा र फोरम आउने भएपछि उनी आफ्नै निर्णयमा पूर्नविचार गर्न बाध्य भएका छन् । स्रोतका अनुसार १८ बाट बढाएर २१ पुर्याउने तयारीमा छन् । राजपा र फोरमलाई उनले २ २ वटा मन्त्रालय दिने तयारी गरेका छन् ।

फोरम नेपालले त सरकारमा जाने’bout यसअघि नै निर्णय गरिसकेको छ । मन्त्रालय बाडफाँडमा कुरा नमिलेपछि तत्काल मन्त्रिमण्डल विस्तार हुन नसकेको सत्तारुढ दलका नेताहरुले नै स्पष्ट पार्दै आाएका छन् । अब फोरमसँगै राजपा पनि सरकारमा जाने पक्का भएको छ।