Ganthan News Pokhara
All news from Pokhara & around

उदयपुरमा प्रहरीले अफिम खेती नस्ट गर्यो

0

अस्बिन खडका, फागुन १८ – उदयपुर बेलका नगरपालिका २ मा गैरकानुनी मानिएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । अफिम खेती गर्ने गिरोह सक्रिय हुँदै गएपनि प्रहरीले सक्रियता बढाएको हो ।
लागूऔषध खैरो हिरोइन बनाउन प्रयोग गरिने र महंगोमा बिक्री हुने हुँदा अफिम खेती गर्ने, गिरोह सक्रिय हुँदै गएको हो । सूचना पाएपछि प्रहरी पुगेर बोट काटी ट्याक्टर लगाएर जोतेको प्रहरी प्रमुख नवराज भट्टले बताए ।

जिल्ला प्रहरी कार्यालयमा प्रमुख भट्ट आएपछि विशेष टोली परिचालन गरेका हुन् । त्यस स्थानमा निगरानीका आधारमा रामपुर प्रहरीको संयुक्त टोली त्यस ठाउँमा पुगेको थियो ।

प्रहरीका अनुसार स्थानीयलाई अफिम भन्ने थाहा नभएका कारण उनीहरुले खेती गरेको हो । अफिम खेतीमा संलग्न रहेकालाई कार्वाही गरिने प्रहरीले जनाएको छ ।

Advertisements
अरु सम्बन्धित खबरहरु
Loading...