पृथ्वी राजमार्ग बस सञ्चालक समितिको बार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित

पोखरा २४ माघ/पृथ्वी राजमार्ग बस सञ्चालक समितिले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । समितिको शुक्रबार भएको ४२ औं बार्षिकोत्सव समारोहमा यातायात व्यवसायी, मजदुर तथा कर्मचारी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । बार्षिकोत्सवमा असल व्यवसायीका रुपमा ग १ ख २२ २३ का अम्मरबहादुर सापकोटा, ना २ ख ५७ ४५ का डम्बरबहादुर गुरुङ र ना ५ ख २१ ६९का टंकप्रसाद तिवारीलाई सम्मान गरिएको छ ।

त्यस्तै समितिसग आवद्ध ग १ ख ४१ १३ का कृष्णबहादुर सेन ठकुरी, ग १ ख ४३ ०९ का जीवन ख्डका र ग १ ख १७ ८३ का दलबहादुर सुनार उत्कृष्ठ चालकको रुपमा सम्मान भए । कार्यक्रममा प्ल–टु र एस.एल.सीमा उत्कृष्ट अंक ल्याउने यातायात व्यवसायी, मजदुर तथा कर्मचारीका छोराछोरी पनि सम्मान गरिएको छ । प्ल–टु तर्फसोनीया शर्मा र सविता पहारी तथा एस.एल.सीतर्फ उत्कृष्ट अंक ल्याउने युजल सुवेदी, सन्देश ढकाल र कुशल नेपालीलाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि यातायात व्यवस्था विभागका महानिर्देशक सुर्दशनप्रसाद ढकालले नगद पाच हजार एक सय पाच सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिको ४२ औं बार्षिकोत्सव
पृथ्वी राजमार्ग बस सञ्चालक समितिको ४२ औं बार्षिकोत्सव

समितिले उत्कृष्ट शाखा तथा उपशाखाका कर्मचारीलाई पनि सम्मान गरेको छ । काठमाडौ शाखाका पुष्कर न्यौपाने, नारायणघाटका युत्तनारायण काफ्ले र प्रधान कार्यालय पोखराका निर्मला भुजेल सम्मानीत भए । कार्यक्रममा विभागका महानिर्देशक ढकालले यातायात क्षेत्रलाई व्यवस्तिथ बनाउन विभाग निरन्तर लागिरहेको बताए । ‘नेपालको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेका छौ,’ उनले भने, ‘दुर्घटना न्यूनिकरण गर्न ब्लु बुक, लाईसेन्स, नम्बर प्लेटलाई ‘स्माट’ बनाउने तयारीमा छौं ।’ उनले दक्षिण एसियामै नेपालमा यातायात क्षेत्रमा दुर्घटनाको दर बढी रहेको बताउ“दै चालक र यात्रीलाई सचेत बनाउन विभागले सचेतनाका लागि बजेट छुट्याएको बताए ।

यातायात क्षेत्रको प्रमुख रुपमा रुट, वीमा लगाएतका समस्या रहेको बताउ“दै उनले यसको समाधानमा विभाग कडा भएर प्रस्तुत हुने बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौलाले निजी क्षेत्रको लगानीमा सञ्चालन भएको यातायातका साधनलाई राज्यले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउ“दै यस प्रति ध्यान दिन अनुरोध गरे । ‘एउटा प्लेनबाट मान्छे खसेर मृत्यु भए आयोज गठन हुन्छ,’ उनले भने, ‘ तर बस दुर्घटना भएर दर्जनौ व्यक्तिको मृत्यु हुदा“ चालकको कम्जोरी भनेर सरकार पन्छने गर्छ, यसमा चालकलाई मात्र दोष दिने की अनुसन्धान पनि गर्ने ? दुर्घटना पछि हुने बार्गेनिङ गर्ने परिपाठी पछिल्लो समय मौलाएको उनको भनाई छ ।

यसले समग्र यातायात क्षेत्रलाई समस्यामा परेको छ । कार्यक्रममा यातायात मजदुरहरुको हकहितका लागि विभागले छुट्टै ऐन निर्माण गरेर सहयोग र सम्मान, सामाजिक सुरक्षा तथा तलब भत्ताको वृद्धि गर्नुपर्ने मजदुर संगठनका पदाधिकारीहरुले माग गरेका छन् । त्यस्तै व्यवसायिहरुले लगानीको सुरक्षाका लागि सरकारले ठोस नीति ल्याउनुपर्ने बताएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साहिको अध्यक्षतामा भएको कार्यक्रममा सचिव योगेन्द्रबहादुर केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...