तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको गाईजात्रे महोत्सब – Transexual/3rd Gender participating in Gaijatra Festival in Nepal

तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको गाईजात्रे महोत्सब - Transexual/3rd Gender participating in Gaijatra Festival in Nepal

गाईजात्राको अबसरमा निलहिरा समाजले पोखरामा तेस्रो अन्तराष्ट्रिय गाईजात्रे महोत्सब ग¥यो । महोत्सबमा नेपालका ४० जिल्लाबाट समलिङ्गी तथा तेस्रो लिङ्गीका साथै बिभिन्न १५ भन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाएका थिए । नौलो बिहानी पोखराको ब्यबस्थापनमा भएको कार्यक्रममा तेस्रो लिङ्गी तथा समलिङ्गीको साथमा स्थानिय संघ सस्थाले सहभागिता रहेको थियो ।

Transexual/3rd Gender participating in Gaijatra Festival in Nepal, details at

पोखराको पृथ्बीचोकबाट सुरु भएको ¥याली जिरो किमी, हल्लनचोक हुदै फेवातालको किनार बाराहीघाटमा पुगेर टुङ्गिएको थियो । ¥यालीमा देशका ४० जिल्लाबाट आएका समलिङ्गी तथा तेस्रो लिङ्गीहरुले आ आफ्नो क्षेत्रको सांस्कृतिक झाकी प्रस्तुत गरेका थिए । ¥यालीपछि फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा दिबंगत समलिङ्गी तथा तेस्रो लिङ्गीहरुको सम्झनामा मैनबत्ती प्रज्वलन गरेका थिए ।

तेस्रो लिङ्गी तथा समलिङ्गी प्रति समानताको लागि एकेबद्धता जनाउन, हिमाली क्षेत्रको बाताबरण संरक्षणमा जोड दिन र लुम्बिनी भ्रमण बर्षलाई सफल पार्नको लागि यस बर्ष पोखरामा महोत्सबको आयोजना गरिएको समाजका प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए । देशभर करिब ४ लाख भन्दा बढी तेस्रो लिङ्गी तथा समलिङ्गीहरु रहेकोमा पोखरामा यसको संख्या ४ हजार भन्दा बढी भएको अनुमान छ ।

 

कमेन्टहरु
Loading...