३३ दलले निर्वाचन आयोग र भारतीय दूतावास घेर्ने

७ बैशाख, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी सम्मिलित ३३ दलीय मोर्चाले औपचारिकरुपमै सरकारको वार्ता प्रस्ताव अस्वीकार गर्दै चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका क्रममा चुनाबी प्रक्रियालाई रोक्नेदेखि लिएर लैनचौरस्थित भारतीय दूताबास घेराऊसम्मका कार्यक्रम अघि सारिएका छन् ।

शनिबार शंखमुलस्थित माओवादीको पार्टी कार्यालयमा सम्पन्न मोर्चाको कार्यदलको बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिएका छन् । ‘बैठकले असंवैधानिक, प्रतिगामी, प्राविधिक एवं निर्दलीय खिलराज रेग्मीको सरकारद्वारा प्रस्तावित वार्ता अस्वीकार गर्ने ठहर गरेको छ ।’ बैठकपछि मोर्चाका एक नेताले अनलाइनखबरसँग भने-’जेठ मसान्तसम्म यो प्रतिगामी सरकार ढाल्ने गरी आन्दोलनलाई उचाइमा पुर्याउन सबैसँग देशभक्त, वामपन्थी र अग्रगामी नागरिकसँग हामी आह्वान गर्दछौं ।’ cp. onlinekhabar.com

आन्दोलनको कार्यक्रम

बैठकपछि जारी आन्दोलनका कार्यक्रम यस्ता छन् –
-बैशाख ८ गते बिहान १० बजे, मतदाता नामावली संकलन र नागरिकता वितरण कार्यक्रम तत्काल स्थगित गर्ने मागसहित प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउने ।
-बैशाख १४ गते दिउँसो १२ बजे निर्वाचनसम्बन्धी अध्यादेश, बाधा अड्काऊ फुकाउने आदेश र राष्ट्रिय हित विपरीत बनाइएको नाकरिताविशेधय र यसले पार्ने प्रभावबारे राजधानीमा अन्तरक्रिया गर्ने ।
– अबैध र अनधिकृत रुपमा बिराटगरमा पारवहन नियमन गर्ने बाहनामा भारतले खोलेको कार्यालय तत्काल हटाइनुपर्ने । यसका लागि बैसाख १६ गते भारतीय दूतावासमा जुलुससहित ज्ञापनपत्र बुझाउने ।
– बैशाख १८ गते मे दिवसलाई विरोध सभाका रुपमा मनाउँदै राजधानीको बसन्तपुर र देशका प्रमुख औद्योगिक शहरहरुमा कार्यक्रम गर्ने ।
बैशाख २० गतेदेखि मसान्तसम्म रेग्मी सरकारको बर्खास्तगी र १९५० का सन्धीलगायत पूर्व मेची र महाकालीबाट मार्च पास एवं स्वाभिमान यात्रा शुरु गर्ने र बैसाख मसान्तसम्म राजधानी आउने ।

कमेन्टहरु
Loading...