त्रिवर्षिय योजना सम्बन्धी २ दिने गोष्ठी पोखरामा शुरु

पोखरा, १३ फगुन/आगामी १३ औं त्रिवर्षिय योजना सम्बन्धी २ दिने गोष्ठी आजदेखि पोखरामा शुरु भएको छ । कार्यक्रमको योजना आयोगका सदस्य डा. शिव कुमार राईले उद्घाटन गरे । राष्ट्रिय योजना आयोगको आयोजनामा भएको कार्यक्रममा रोजगारी केन्द्रीत समाबेसी तथा आर्थिक वृद्धि गरिब निर्वारण दिगो शान्ति स्थापनामा सघाउ पु¥याउदै लगाएतका विषमा सरोकारवाला सँग छलफल भएको छ । कार्यक्रममा पश्मिाञ्चलका कार्यालय प्रमुख, व्यापारी, उद्योगपति, राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायी, नागरिक समाज लगायतका व्यक्तिहरु छलफलमा सहभागी छन् । कार्यक्रमले आगामी योजनाको उद्देश्य र रणनिति विभिन्न विषयगत क्षेत्रको उद्देश्य, स्थानीय स्तरको विकासको प्रथामिकता, योजना कार्यन्यन, अनुगमन तथा मुल्याकन, विकाससँग सम्बन्धीत विषयमा विभिन्न क्षेत्रबाट आएका सुझावहरुलाई आगामी रणनितिमा समावेश गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा योजना आयोगका सदस्य प्रा.डा. शिव कुमार राईले सबैको राय, सुझावहरु संकलन गरेर निति बनाउन लागेको कारण नीति बनेपछि कार्यन्यन गर्न सजिलो हुने बताए । क्षेत्रीय प्रशासक सुमन शर्माले नीति र कार्यक्रमलाई कार्यन्यन गर्न सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा पश्चिमाञ्चलका करिब सयभन्दा बढिको सहभागीता रहेको छ ।

कमेन्टहरु
Loading...