तीन लाख बचत भयो

पोखरा, ३० चैत्र/ दोस्रो मिलेनियम टे«क साँस्कृतिक महोत्सवबाट ३ लाख २५ बचत भएको छ । मिलेनियम टे«क साँस्कृतिक महोत्सव व्यवस्थापन समितिको आयोजनामा भएको महोत्सवबाट १२ लाख ७५ हजार आम्दानी भएकोमा ९ लाख ५० हजार खर्च भएको आयोजकले जानकारी दिएको छ ।

आम्दानीबाट खर्च कटाउदा ३ लाख २५ हजार रुपैया बचत भएको महोत्सव व्यवस्थापन समितिका संयोजक डम्बर बहादुर केसीले जानकारी दिए । माघ २७ गते देखि फागुन २ गते सम्म स्याङ्गजाको कोल्मा बराहचौरमा ५ दिन सम्म महोत्सव सन्चालन भएको थियो । आय व्यय सार्वजनीक कार्यक्रमा महोत्सवलाई सहयोग गर्ने विभिन्न व्यक्ती तथा संघ सस्थालाई सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...