दोस्रो चरणको निर्वाचन असार ९ गते हुने

काठमाडौं, १५ जेठ /राजपालाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचन मिति सारेको छ । सरकारले असार ९ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले दिएको सुझावका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तय गरेको हो।

यसअघि जेठ ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचन असार ९ गतेसम्मका लागि सारिएको हो।

कमेन्टहरु
Loading...