२३ बैशाख’ डकुमेन्ट्रीको सार्वजनिक प्रदर्शन, बाढीपिडितलाई सबैले सहयोग गर्नुपर्ने

पोखरा, ९ जेठ/एक वर्ष अगाडी सेतीमा आएको विपत्तीबाट प्रभावितहरुलाई सहयोगका लागी सबैजना जुट्नुपर्ने आवाज उठेको छ । सेतीबाढीको पिडा र त्यसबाट प्रभावित हुनेहरुको रोदन समावेश भएको डकुमेन्ट्री ‘२३ बैशाख’को प्रदर्शनीको क्रममा विहिबार विहान उपस्थित भएका दर्शकहरुले यस्तो आवाज उठाएका हुन् । सेतीबाढी पिडितहरुलाई राहत उपलब्ध गराउनका लागी सबैले सहयोग गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

पत्रकार सागरराज तिमिल्सिनाको निर्माण तथा निर्देशनमा बनेको डकुमेन्ट्री हेर्न विहिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा करिब ३ सय दर्शकहरुको उपस्थिती रहेको थियो । ‘सेतीबाढीको दिएको पिडा पक्कै पनि सानो होईन ।’ डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले भने–‘यो डकुमेन्ट्रीले उनीहरुको पिडालाई बोलेको छ ।’ सेतीबाढी प्रभावितहरुका लागी सहयोग जुटाउन डकुमेन्ट्री सहयोगी बन्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ईश्वर कर्माचार्य, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, संचारकर्मी दिपेन्द्र श्रेष्ठ लगाएतले सेतीबाढी सम्बन्धि पत्रकारले बनाएको डकुमेन्ट्री धेरै ठाउँमा प्रदर्शन गर्नुपर्नेमा जोड दिएका थिए । ‘जति प्रदर्शन गर्न सकियो बाढिप्रभावितका लागी सहयोग उठाउन अझै बढि सजिलो हुनेछ ।’ उनीहरुको संयुक्त धारणा थियो ।

बेमौसमी सेती बाढी पिडितका लागी सहयोग रकम संकलन गर्ने अभियान अन्तरगत चरणबद्ध तरिकाले वृत्तचित्रलाई प्रदर्शन गर्दै जाने निर्देशक तिमिल्सिनाले आफ्नो योजना सुनाए । ‘बाढीबाट प्रभावित धेरै परिवारले अझै पनि राहत पाउन सकिरहेका छैनन् ।’ उनले भने–‘उनीहरुलाई राहत दिलाउने र विभिन्न स्थानबाट सहयोग संकलन गर्दै उनीहरुलाई उपलब्ध गराउने मेरो चाहना हो ।’

चरणबद्ध रुपमा डकुमेन्ट्री प्रदर्शन गर्दै जाने क्रमको शुरुवात अन्तरगत ‘२३ बैशाख’लाई विहिबार प्रदर्शन गरिएको उनले सुनाए । डकुमेन्ट्रीलाई पहिलो चरणअन्तरगत पाँच ठाउँमा प्रदर्शन गरिने उनले बताए ।

डकुमेन्ट्रीलाई १३ गते कालिका गण, १५ गते पुर्णिमा हलमा स्मृति पार्क निर्माणको सहयोगार्थ, २६ गते मदरल्याण्ड उच्च मावि र नेपाली सेनाको पश्चिम पृतनामा प्रदर्शन गरिने भएको छ । डकुमेन्टीमा बाढि आएका बेला दृश्यलाई नारायण आचार्य, प्रदिप पौडेल, नोमराज गुरुङ्ग, इन्द्र पौडेल, गिताराना मगर, नवराज थापा, विरु जिएम, दुर्गा पौडेल, कृष्णमणि बराल, प्रदिप नापित, नेपाली सेना, एभिया क्बल, टान पोखरा खिचेका छन् ।

निर्देशन सल्लाहाकारमा एमवि आस्था, विष्णु गौतम, लेखन सम्पादन भरत कोइराला, लेखन सहयोगीमा भानु पराजुली र रेम विक, स्वर डिवि नेपाली, सम्पादन कृष्ण श्रेष्ठको रहेको छ । डकुमेन्टीको श्याम शुक्ला फिल्म पोडक्सनमा सम्पादन भएको हो भने नमस्ते रेकडिङ्ग स्टुडियोमा रेकड गरिएको हो । डकुमेन्टी सम्पन्न गर्न रामकृष्ण ज्ञवाली, इश्वरी न्यौपाने, सन्तोष पोख्रेल, लाल प्रसाद शर्मा, मनोज अधिकारी, सुमन ढुङ्गाना, घनश्याम लामिछाने लगाएतले विषेश सहयोग गरेका छन् । त्यस्तै विहिबार सेतीबाढी सम्बन्धि नै अर्का पत्रकार विष्णु गौतमले बनाएको सर्ट फिल्म ‘निनी रचनी’ समेत प्रदर्शन भएको थियो ।

कमेन्टहरु
Loading...