२०७७ सालको दशैँ–तिहार करिब १ महिना पछाडी धकेलिए

काठमाण्डौ, २ माघ / २०७७ सालका चार्डपर्वहरु करिब एक महिना पर धकेलिएका छन् । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ र तिहार सहित अन्य चार्डपर्व एक महिना पर धकेलिएका हुन् ।

दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए । उनले कात्तिक १ गते घटस्थापना, ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजयादशमी परेको बताए ।

यसै गरी तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र मंसिर १ गते भाइटीका परेको छ ।

मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको उनले बताए । आउँदो वर्ष विवाहको साइत १५ दिन मात्रै छ ।

कमेन्टहरु
Loading...