११ डिआइजीको नाम एआइजी बढुवा, नवराज सिलवाल परेनन्

काठमाडौ, ३१ असार /नेपाल प्रहरीको बढुवा सिफारिस समितिले ११ जना डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरेको छ। डिआइजीको पहिलो नम्बरमा रहेका नवराज सिलवाल परेका छैनन्। उनले सर्वोच्च अदालतमा आइजीपी बढुवा विरुद्ध हालेको रिट अझै विचाराधिन छ।

बढुवमा चौंथो नम्बरमा नाम भएका बमबहादुर भण्डारी पहिलो नम्वरमा सिफारिस भएका छन्। तेस्रो नम्बरमा भएका जयबहादुर चन्द दोस्रो नम्बरमा सिफारिस भएका छन्। उनलाई सरकारले आइजीपीमा नियुक्त गरे पनि सर्वोच्च अदादलको आदेशमा नियुक्ति रद्ध भएको थियो।

बढुवा सूचीमा पर्नेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी राज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र बिजयकुमार भट्ट रहेका छन्।

 

कमेन्टहरु
Loading...