दशौ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा

हेमजा, १७ चैत/दशौ राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुुपादुका क्लब हेमजा र कृषि विकास निर्देशानलय गण्डकी प्रदेश मालेपाटन पोखराकोे आयोजनामा हुन लागेको महोत्सव चैत २२ देखि बैशाख १ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदै छ।

हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहने छ।

त्यसैगरी, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट पनि महोत्वको आकर्षणको रुपमा रहेको छ । महोत्वसमा राष्ट्रिय कृषि दोहोरी गित प्रतियोगिता साथै राष्ट्रिय तथा स्थानीय कालकारको वेजोड प्रस्तुति र हास्य प्रदसन पनि रहने आयोजकले जनाएको छ।

महोत्सवमा २८ बटा कृषि स्टल, ९५ वटा ब्यापारिक स्टल, १० वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, १, प्राथमिक उपचार, १ सुचना स्टल रहने मेला मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्नका लागि करिव २८ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको दशौ राष्ट्रिय हेमजा आलु महोत्सव मुल आयोजक समितिका अध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए।कार्यक्रमको सञ्चालन महोत्सव मुल आयोजक समितिका महसचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए।

आलु महोत्सवका ८० प्रतिशत स्टल बुकिङ

कमेन्टहरु
Loading...