सन्तानको सम्झनामा करिब १ करोड २० लाख दान

सागर राज तिमिल्सिना /पोखरा, ३० बैशाख /काठमाडौं घट्टेकुला स्थायी घर भइ हाल अमेरिका बस्दै आएका प्रधान दम्पतिले सोमबार पोखरामा एक करोड २० लाख मुल्य बराबरको जग्गादान गरेका छन् । ७५ बर्षीय श्यामप्रसाद प्रधान र ६५ बर्षीया रामेश्वरी प्रधानले आफ्नो छोरा सुमन सागर प्रधानको स्मृतिमा एक करोड २० लाख मुल्य बराबरको जग्गादान गरेका हुन् ।

पोखरा ४ गणेश मार्गमा रहेको वुढानिलकण्ठ मन्दीर संरक्षण समितिलाई मन्दीर नजिकको करीब १४ आना जग्गा दान गरेका हुन । प्रधान दम्पतिले आफ्नो छोराको स्मृतिमा समितिलाई जग्गा दान गर्न पाउदा खुसि लागेको बताउदै आगामी दिनमा समेत सहयोग गर्ने वचन दिएका छन् । अमेरिकामा रेष्टुरेण्ट व्याबसाय संचालन गर्दै आएका प्रधान दम्पतिको एक्लो छोरा सन् २००३ मा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा मृत्यु भए पश्चात छोराको स्मृतिमा सहयोग गरेका हुन् ।

उनीहरुले समितिलाई विगत ८ बर्षदेखि सहयोग गर्दै आएको स्थानीयबासि तथा प्रधानका आफन्त जेहेन्द्रमान पालिखेले बताए । पोखराको मामा घरमा आउदा सुमन सागर प्रधान हालको मन्दिर भएको स्थानमा खेल्न जाने गरेकोले सो क्षेत्रमा मन्दीर निमार्ण गर्न प्रधान दम्पतिले यस अघि करीब १० लाख सहयोग गरेको बुढानिलकण्ठ मन्दीर संरक्षण समितिका अध्यक्ष श्यामबहादुर कोईरालाले बताए ।

सहयोग प्राप्त जग्गामा मन्दिरले सामुदायीक भवनका साथै बृद्धाश्रम निमार्ण गर्ने अध्यक्ष कोइरालले जानकरी दिए । प्रधान दम्पतिले मन्दीरको भौतिक संरचनामा साथै मन्दिर वरपर पर्खाल लगाउने कोइरालले जानकरी दिए ।

कमेन्टहरु
Loading...