​त्रिपालबाटै यसरी हुँदैछ मतपेटिकाको सुरक्षा !

रोल्पा, मंसिर २० । पहिलोचरणको निर्वाचन सम्पन्न भएर मतपेटिका लिबाङ आइपुगिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र मतपेटिका उच्च सुरक्षाका साथ राखिएको छ । मतपेटिकाको सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी रहेको छ । त्यसपछि पार्टीका कार्यकर्ता समेत टेन्ट बनाएर मतपेटिकाको सुरक्षामा खटिएका छन ।

गत १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सदरमुकाममा केन्द्रित गरिएका मतपेटिकाको कडा सुरक्षा गरिएको छ । पार्टीका प्रतिनिधिहरु मतपेटिका आएकै दिनदेखि मतपेटिकाको रक्षामा लागेको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । उनले भने सुरक्षा दिने पहिलो जिम्मेवारी हाम्रो नै हो तर पनि उहाँहरु बस्नुभएको छ ।

कमेन्टहरु
Loading...