१० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय बास्केटबल

पोखरा, ७ माघ/कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रड्डशालामा जारी १० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताअन्तर्गत आइतबार छात्रछात्रातर्फका सेमिफाइनल खेल सम्पन्न भएका छन् । जसअनुसार छात्रतर्फ डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुल र सरस्वती आदर्श विद्याश्रम लामाचौर तथा छात्रातर्फ डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमावि र मनकामना बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेका छन् ।छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता मनकामनाले समूह बी को उपविजेता माउण्ट अन्नपूर्ण उमाविलाई ५३–४१ ले पराजित ग¥यो । अर्को खेलमा समूह बी को विजेता सरस्वती आदर्श विद्याश्रमले समूह ए को उपविजेता कुमुदिनी होम्सलाई ६७–१८ ले पराजित ग¥यो ।

छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता मनकामनाले समूह बीको उपविजेता मेरीगोल्ड स्कुललाई ८–२ ले पराजित ग¥यो । दोस्रो खेलमा समूह बी को विजेता माउण्ट अन्नपूर्ण उमाविले समूह ए को उपविजेता टप्स उमाविलाई ३५–८ ले पराजित ग¥यो ।

कमेन्टहरु
Loading...