होस गरौ भूकम्प विशेष नाटक प्रर्दशन

पोखरा, ५ माघ/विश्वमै भूकम्पिय जोखिमको दृष्ट्रिकोणबाट हेर्दा नेपाल ११ औँ स्थानमा पर्दछ । यसर्थमा पनि नेपालमा भवन भूकम्प प्रतिरोधात्मक बनाउनुपर्ने आवश्यक छ । भूकम्प प्रतिरोधी भवन निर्माणका साथसाथै भूकम्पिय जोखिमबाट बच्ने उपाय सम्बन्धमा विपद उत्थानशिल समुदाय निर्माण परियोजना र हाम्रो गन्तव्य समूहले १५ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा ठाउँ ठाउँमा नाटक प्रदर्शन गरे छ ।

एक्सनएड नेपाल र प्रक्टिकल एक्सनको कास्की स्थित साझेदार संस्थाहरु सिद्धार्थ क्लब र कम्यूनिटी सर्पोट ग्रुपद्धारा संयुक्त रुपमा सञ्चालीत विपद उत्थानशिल समुदाय निमार्ण परियोजनाले माघ ११ सम्म विभिन्न कार्यक्रम गर्ने भएको छ ।

सोही अनूरुप पोखरा ४ गैह्रापाटनमा अवस्थित नविन उच्च मा. वि. र पोखरा २ मा अवस्थित विन्ध्यवासिनी उच्च मा.वि.मा भूकम्प विशेष “होस गरौ” सडक नाटक प्रर्दशन गरिएको छ । हाम्रो गन्तव्य समूहका संरक्षक लक्ष्मण तिमिल्सिनाको निर्देशनमा तयार पारिएको नाटकमा कलाकारहरु सध्या अधिकारी, सरोज अधिकारी ,टिकाराम रेग्मी, बिष्णु कुँबर, कुमारी सुनार, अमृता सि.के., शिला थापा लगायतले अभिनय गरेका थिए ।

कार्यक्रमको अन्त्यमा हाजिरीजवाफ प्रतियोगिता समेत गरिएकोमा कक्षा १० का लक्ष्मण वि.क. कक्षा ६ की सरिता केसी कक्षा ८ का सगुन कार्की, पर्वत भूजेल र कक्षा ५ की सलिना भूजेल विजयी भएका थिए । विजयी विद्यार्थीलाई विद्यालयका प्राध्यानध्यापक बसन्तराज पाण्डेले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...