हारको बाबजुद काङ्ग्रेस नेता रामचन्द्र पौडेलको मतदातालाइ धन्यवाद दिने कार्यक्रम

पौष २/
नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल यस चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उठेका थिए । सधै यसै क्षेत्रबाट जित्दै आएका उनलाई यसपालि नेकपा एमालेका कृष्णकुमार श्रेष्ठबाट हार व्यहोर्नु पर्यो ।

हारको बाबजुद पनि उनि आफ्ना मतदातालाई धन्यवाद दिन आज  र भोलि  निर्वाचन क्षेत्र डुल्ने कार्यक्रम बनाएका छन्।

आज  बिहान ११ बजेदेखि आँबु खैरिनीबाट यात्रा गर्नेछन्। १२ वजे सत्रसय बरादी, १ बजे बिमलनगर, २ बजे  डुम्रे, ३.३० बजे  नाहाला, ४ बजे देउराली, ४.३० बजे कमलबारीका कार्यक्रममा सहभागी हुनेछन भने उनको यो कार्यक्रम अन्य दिन पनि हुने स्रोतको दावी छ ।

कमेन्टहरु
Loading...