स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको ज्यान गयो

स्याङ्जा, असोज २ – स्याङ्जामा सोमवारराती पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । कारिकोटचण्डीभञ्ज्याङ्ग ७ धरादीका ओमप्रसाद सुवेदीको घर पहिरोले बगाउँदा उहाँकी श्रीमती र छोराछोरी सबैको ज्यान गएको हो ।

पहिरोले उहाँकी २७ वषिर्या श्रीमती सरस्वती, ५ वषिर्या छोरी आकृति, २ वषिर्या छोरी अस्मिता र २० दिनका छोरा गोविन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ओमप्रसाद भने पहिरो खस्न थालेपछि भागेर ज्यान जोगाउन सफल हुनु भएको थियो ।

कमेन्टहरु
Loading...