सेती बाढीपीडित र तातोपानी संरक्षणको लागी आर्थिक सहयोग

कास्की, १८ माघ/कास्कीको खारापानीमा रहेको तातोपानी संरक्षण तथा बिकास समितिलाई गैर आवासीय नेपाली संघ हङकङ र युकेले ८ लाख ७० हजार रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ । गैर आवासीय नेपाली संघ हङकङ र युकेको पहलमा सेतीबाढी पीडित र खारापानीको क्षेतिग्रस्त भौतिक संरचनाको पुनःनिमार्णको लागि सहयोग प्राप्त भएको हो ।

सहयोग रकम बिहिबार एक समारोहका बिच तातोपानी संरक्षण तथा बिकास समिति खारापानीका अध्यक्ष भिमबहादुर गुरुङले प्राप्त गरेका छन् । गैर आवासीय नेपाली संघ यु के का अध्यक्ष कुल आचार्य लगायतको टोलीले २ लाख, हङकङका उपाध्यक्ष डा. शर्मीला गुरुङको टोलीले ४ लाख, माछापुच्छ«े घाचोक सेवा समिति हङकङले २ लाख ७० हजार रुपैँया कार्यक्रममा प्रदान गरेका थिए ।

एनआरएन युकेले स्वेदश र विदेशमा कार्यरत एक÷एक जना पत्रकारलाई दुई बर्षमा हुने अधिवेशनमा पुरस्कार दिने गरी १५ लाखको अक्षय कोष समेत स्थापना गरेको एनआरएन युकेका अध्यक्ष कुल आचार्यले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...