सृजना महिला सहकारीद्वारा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

पोखरा, २२ मंसिर/ पोखरा ८ स्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत संस्थाका शेयर सदस्यहरुलाई एकदिने महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भयो । संस्था अध्यक्ष निता बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार शान्ति शर्मा, सल्लाहकार विष्णुप्रसाद बराल, पत्रकार सुष्मा पौडेल लगायतले पहिला आफ्नो घरपरिवार, समाज गर्दै देशबाट नै महिला हिंसाको न्यूनिकरण गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा पत्रकार सुष्मा पौडेलले महिलामाथि हुने हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान २०१२ अन्तर्गतमा आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । संस्थाका ६१ जना शेयर सदस्यरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष कुमारी मुना बाँस्तोलाद्वारा १२ जना शेयर सदस्यहरुलाई राहत रकम समेत वितरण गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव कमलादेवि गिरीले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...