सिद्ध वराह उच्च माविले रजत जयन्ती मनाउने

पोखरा, २३ मंसिर/ कास्कीको भदौरे तामागी गाविसको वडा नम्बर ५ मा रहेको सिद्ध बराह उच्चमा माविमा रजत जयन्ती मनाउने भएको छ । रजत जयन्तीलाई भव्य बनाउन विद्यालय व्यवस्थपान समितिका अध्यक्ष भेषराज पराजुलीको अध्यक्षतामा १ हजार १ जनाको मुल आयोजक समिति गठन भएको छ ।

फागनु १५ गते मनाउन लागेको रजत जयन्तीलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । रजत जयन्ती सम्पन्न गर्न प्रचार प्रसार उपसमितिको संयोजकमा निर्मल पौडेल, कार्यालय सन्चालनमा उपसमितिमा संयोजकमा विद्यालयका प्रधानध्यपक ठाकुर पराजुली, स्मारीका प्रकासन उपसमितिको संयोजकमा उच्च माविका संयोजक बद्रि पराजुली, निमार्ण तथा भौतिक उपसमितिको संयोजकमा टंक प्रसाद सुबेदी र आर्थिक उपसमिति संयोजकमा भेषराज पराजुली रहेका छन् ।

कमेन्टहरु
Loading...