सिद्धि–सेतुली स्मृति प्रतिष्ठानद्धारा एकै पटक ५८जनालाई छात्रवृत्ति वितरण

पोखरा, १८ भदौ /सिद्धि सेतुली प्रतिष्ठान पोखराले कास्कीका बिभिन्न विद्यालय तथा क्याम्पसबाट उत्कृष्ठता हासिल गरेका ५८ जना छात्र छात्रालाई छात्रबृती बितरण गरेको छ । प्रतिष्ठानको बालहित कोषद्धारा प्रत्येक बर्ष गरिब जेहेन्दार तथा सर्बोकृष्ठ हुने छात्र छात्रलाई छात्रबृती बितरण गर्दै आएको छ ।

सेतुलीमाया शाक्यको ९४ औं जन्मजयन्ती तथा सिद्धिरत्न शाक्यको ३९ औं पुण्य तिथिको अबसर परेर प्रदान गरीएको छात्रबृति रकम डेढ लाख भन्दा बढीको छ । पश्चिमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्धारेले कार्यक्रममा विद्यार्थीले कर्मठ, अनुशासित र सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्ने बताएका थिए ।

द्धारेले प्रतिष्ठानको कामको प्रशंसा गर्दै भने–‘देशका कर्णधारलाई सघाउने कार्य साच्चै प्रशंसनिय छ ।’ उनले एचआईभी सङ्क्रमित विद्यार्थीको व्यवस्थापन र अध्ययनका लागि सरोकारबाला निकायमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संस्थाले बिभिन्न क्षेत्रका बिद्यार्थीको शैक्षिक गुणस्तर बढाउन छात्रबृति बितरण गर्दै आएको प्रतिष्ठानका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । संस्थाले निम्न आय भएका ब्यक्तिहरुको अध्ययनको लागि सहयोग गर्दै आएको छ ।

प्रतिष्ठानले छात्रवृत्तिका लागि दश लाखको अक्षय कोष स्थापना गर्ने लक्ष्य भएकोमा हालसम्म आठ लाख बढी रकम जम्मा भईसकेको जानकारी दिएको छ । सो अवसरमा वि. स. २०६८ को प्रवेशिका परीक्षामा कास्कीबाट सर्वाैत्कृष्ट हुने शिशु निकेतन उमाविका छात्र रविन थापा र छात्रातर्फ सर्वाेत्कृष्ट हुने अमरसिंह उमाविकी छात्रा जेनिशा कुँवरलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष नारायण कार्कीले गरिव तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पु¥याउने हेतुले पुरस्कारको सञ्चालन गरिएको बताए । उनले आगामी अझ बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रतिष्ठान लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...